Sunday, August 10, 2014

परदेश ...

बेङ्लोरको बस अड्डामा चेनाई जाने बसको प्रतिक्षामा छु। साथमा मेरै क्यामपसका १ कर्मचारि भाइ पनि छन्। तातो हावा, चरक्क चर्केको घाम छ बाहिर। वर-पर गाडिको आवाज, अरू बिभिन्न ध्वनिले दिक्क लाग्ने। फोहोर कम भनिएको यो शहरमा पनि यत्रतत्र छरिएका कागज र प्लासटिक अनि बेलाबेला झिँगा नाक र आँखामा ठोकिएर दिक्क लाउने। एउटा लाम्खूटे पनि घुमेर गयो। हिजो दिल्लिमा नै खुवायेर हात गोडा मा राता खटिरा देखा परि सकेका छन। डेन्गु ता बोकिएन कि!
छेउको चर्फिको गन्ध तिब्र भैराखेको छ। यो पक्कै भारत नै हो।
याहाँका मान्छे काला भये पनि इमानदार हुन्छन भन्ने बिश्वास छ हाम्रा ठाउँ तिर। भूटानमा अहिले पनि यो ठाउँका शिक्षित बर्ग शिक्षण पेशामा धेरै छन्। ७० र ८० को दशकमा नै पनि धेरै मेरा शिक्षक दक्षिण भारतकै थिये। त्यहि बिश्वासमा अहिले म आफ्नो कलेजको लागि चाहिएका एक दर्जन अध्यापकको खोजिमा निक्लेको। 
बस हिँड्ने अझै आधा घण्टा समय छ। यहि बेला ३ जना चिम्रे ठिटा अर्को एउटा बसबाट निस्केर म छेऊको पसलमा के के किन्न थाले। यि याहाँका मान्छे भन्दा भिन्न छन्- हेर्नमा मात्र होइन तर लवाइ- खाइले पनि। सानो पोको लियेर एउटा चूरोट सल्कायेर बसमा पसे। सायद छेउछाउको कुनै शहरमा पड्ने बिद्यार्थि होलान।
हाम्रो ठाउँमा राम्रा र प्रसस्त बिश्वबिध्यालय नभयेकाले यि यूवा येति टाडा आएर अनेक कठिनाई सहेर, कोहि समयमा ता तिरस्कृत भयेर पनि बिद्धया हाशिल गर्ने गर्छन। यिनिहरु मध्ये कतिपय क्यामपस नजाने, धेरै पल्ट फेल हुने र कतिले ता सर्टिफिकेट किनेर पनि घर फर्कने गर्छन भन्ने सुनेको छु। हाम्रोक्षेत्रमा पनि स्तरिय शिक्षण केन्द्र बनिनु पर्यो अनि यी यूवालाई उच्च शिक्षाको अवसर मिले यो हाम्रो क्षेत्रको पनि बिकाश सम्भव छ।

मेरो बस आइ पुग्दा मलाइ लाग्यो - एउटा स्तरिय बिश्वबिद्यालय भुटानको मैदानि भागमा स्थापना होस जाहाँ हजारऔँको संख्यामा भूटान, पूर्बोत्तर भारत, सिक्किम र नेपालका बिद्यार्थिले अन्तराष्ट्रीय स्तरमा शिक्षा हाशिल गर्ने मौका पाउन्।  

No comments:

Post a Comment