मेरो पनि उमेर थियो,
यौवनको चाहना थियो,
रोमान्चको अनुभव थियो,
आशा र अभिलासाको ताजमहल थियो।
म पनि फुलको बास्नामा मुग्ध हुन्थे,
उन्मुक्त जीवनको फुर्तिला पाइलामा नाचीदिन्थे,
समयको बगाइका छालहरुमा सपनाहरु देख्ने गर्थे।
आज समयको उकालि चडाइको यो स्तरमा,
उँदो फर्केर हेर्दा म अललिएँ,
कहाँ कुन खाल्डोमा म ता बरालिएँछु;
खै मेरा आशाका फूल फूलेका,
खै मेरा उपलब्धिका तक्माहरु झुन्डीएका।
दुइ कोरि बशन्त नाग्न लाग्दा,
ती अर्थहीन दिनहरुका पन्ना पल्टाउँदा,
शुन्यतामा सृष्टी गरेका महलहरुको भग्नावसेश केलाउँदा,
‘म’ मात्र भावहिन र पथभ्रष्ट भएर,
आशाको धिपधिप दियो लिएर घस्रिरहेको पाएँ।।
No comments:
Post a Comment