Sunday, October 12, 2014

मेरा रोगी छिमेकी

मेरा एक बीचित्रका छिमेकी परिवार छन्। मलाई लाग्छ उनिहरूलाई एऊटा बंशानूगत बिरामी छ।
आज आइतबार, एक हप्तामा बल्ल आउने बिदाको बिहानी। आफुलाई अलिक धेरै बेर सुत्ने इच्छा हूँदा हूँदै अचानक ब्यूँझेँ। उहि त्यो परिचित vaccum cleaner को आवाज कानमा प-यो, एक पल्टता कन्सिरि तातेर आयो। यसो पर्दा पन्साएर हेरेँ, मेरा प्रोफेसर मित्र उन्को बिहानको दैनिक कर्ममा जूटि सकेछन। Vaccum Cleaner घुमाई घुमाई बरन्डा सफा गरिरहेका रहेछन्। एकैछिनमा श्रीमति प्रोफेसर भयेभरका ओड्ने ओछ्याउने निकालेर डण्ठाले हान्न थालिन। म पनि आफ्नो बरान्डामा निक्लेर हेर्न थालेँ। त्येतिकैमा प्रोफेसर परिवारको छोरो हातमा तौलिया लियेर वरपर दौडिरहेको देखेँ। अब मेरो आँखा त्येता गयो। यी तालिम प्राप्त पुत्र पनि बैठक कोठामा पसेको एउटा झिँगालाई बाहिर निकाल्ने अभियानमा लागेका रहेछन।

येसरि यो सानो परिवार साफसफाइ प्रति समन्मयका साथ दिनैपिछे लागि पर्छ। दैनिक घरका भित्ता, भुँई, सिलिङ, पलङ र गलैँचा मुनि, चेपचाप र कुनाकाप्चा कतै नछोडि vaccum cleaner, कुचो, झाडू, थाँङना इत्यादिले चुसेर, बडारेर, पुछेर घरलाई टल्काई राख्छन। अत्यन्तै आबश्यक काम नपरे सम्म फोहोर गरिन्छकि भन्ने डरले, छर्छिमेकि पनि घर बाहिरै बाट हाइ-हेल्लो गरेर जान रुचाउँछन। दैनिक दुइ पल्ट नुहाउनू पर्ने आबश्यक्ता बताउने श्रीमति प्रोफेसर सँग प्राय हामि लामो कुराकानि पनि हाम्रै घरको डिलबाट गर्ने गर्छौँ। सर्सफाइको हद येति छ कि बजारबाट लयाएको ग्यास सिलेन्डर साबुन पानिले धोयेर मात्र भान्सा कोठामा छिराउने गर्छन। धेरै पल्ट मसाला र नुनका बट्टा, खालि बोतल र सब्जि बोक्ने बास्केट आदि मच्चि मच्ची बाहिरको धारामा धोयेको पनि देख्याछ। Washing machine प्राय थामिँदैन। झ्यालका सिसा सँधै टल्किएका हुन्छन्। सफाइको कुरामा सम्पुर्ण परिवार एकमत छ, सहमत र सहयोग छ। सानो भन्दा सानो मैलाको कण प्रति इनिहरूलाई घ्रणा छ अनि यो घरमा एउटा झिँगो या मच्छडको लागि ठाऊँ छैन। म बिश्वस्त भयेँ यो उत्साह होइन, अबश्य नै रोग हो।

येस्तैमा हिजो बेलुका एक आफन्त हाम्रो घरमा एउटा गत्तिलो कार्टुन बक्स लियेर छिरे। अनायासै श्रीमतिको अनुहार प्रफुल्लित भयो। Cartoon box खोल्नको हताश थियो ऊनलाइ। म ट्वाल्ल परेर हेर्न थालेँ। नयाँ चक्चकाउँदो vaccum cleaner निस्कियो। मैले प्र्श्न गर्न अगावै भन्न थालिन, “मैले अस्तिनै भाईलाई ब्याङकोकबाट ल्याउन भनेको थियेँ, उता धेरै सस्तो पाईदो रहेछ नि। अबता हामि पनि ता किन्न सक्छौँनि, कतिन्जेल कूचो मात्रै हल्लाउनू। यो भएता घरका सबैले सफाई गर्न भइहाल्छ”।

हे फसाद! त्यो ता सरूवा रोग पो थिएछ, बँङसानूगत भनेर ढुक्क थियेँ।।

Sunday, August 10, 2014

समयको सदुपयोग आवश्यक छ

मैले स्कूल मा पढेको, हामीले समयको सदुपयोग गर्न सकेनौ भने पछाडी पश्चाताब हुंछ भनेर! त्येस्तै भई रहे  झैँ लाग्छ  आज ! यो समयको लहरलाई रोक्न नसके पनि, समयको बिभाजन र सदुपयोग गर्न सकिने हो ! बरालिने  मनलाई सम्हाल्नु पर्यो अनि बचायिएको समयलाई लेखनमा परिणत गरने प्रयासमा लागयाछु ! झकझक्याउने शुभ चिन्तकको आबस्यक छ !

भाषालाइ सम्झंदा

कबि कविता होस्
कविता कबि होस्
कविता तबपो हुन्छ
शब्द थुपारी के हुन्छ
भाव भएपो हुन्छ !

स्व पारस मणि प्रधानका यी शब्द हरुले कोहि बेला मन  भित्र केहि साहित्यिक भाव उराल्ने  र केहि लेखि हेर्ने जमर्को गराउछन् ! यो कम्प्युटर ले पनि थोरै उत्साह बढाए जस्तो लाग्छ ! सबै अक्षर  र शब्द  सुद्द गरि लेख्न गारो भए पनि आफुलाई बुझ्न कफी छ !

पारस मणिका लेखायिले भाषा चिनाएको, अरु केहि लेखक र कविका कृति पढे पनि ! घरमा र साथी  भाइ संग मत्रिभासामा बोले पनि धेरै समय देखि पदने र लेख्ने चलन हराई सकेको छ! अब एस पटि ध्यान गएको छ ! हेरौ के गर्न सकिन्छ आउंदा दिन हरुमा !

एउटा फूलको सम्झनामा - तुलसा

फूल मेरो टिप्ने गर्थ्ये
काँडा पन्छाएर
सियार सुसार गर्थ्ये तिम्लाई
मनै लगाएर !
         
 हेर्दा हेर्दै ओइलेउ तिमि
ऋतु बद्लनाले
ओइली झरेउ किन तिमि
 टिप्नै नपाई मैले

ठाउँ सारी राखे पनि
आशा धेरै गरि
मुर्झाई झरयौ  फेरी पनि
नफुल्ने नै गरि!

गोडमेल गर्दै छेउमै बस्थ्ये
साथी सम्झी तिमीलाई
पानी लाउथे मल थपथे
टेवा लगाई  लगाई !

ऋतु बदल्यो बिदा लियौ
गयौ छोडी मलाई
आउ छिटै कोपिला बनि
फेरी भेट्न मलाई !



जीवन भनेको रहर, विश्वास, आशा, मनोरंजन र प्रगतिको प्रतिक मात्र नभएर अनिसचिता, अनभिज्ञ र जटिल बिडम्बना बन्न पनि सक्छ ।  हाँसो र रोदनको अनौठो मिश्रण मात्र होइन बिशाद्को काड़ो  पनि बन्न सक्छ। पीडाले भरिएको यथार्थबीच स्वप्ना र आशाको एउटा  अस्थायी सान्तवना पनि रहेछ जीवन। जीवन बुझनै नसक्ने अविरल गतिको प्राकृतिक स्वभाब पनि रहेछ ! छड़भंगुरको आनन्द देखाएर छल र कपट द्वारा बिचलित पर्ने षड्यन्त्र रहेछ।

यिनै भावना बीच हाम्रो ठुलो परिवारले हाम्रा दुइ महान आत्माहरुलाइ श्रदान्जली दिने बेला आयो ! परम पुज्य हाम्रा  अन्तरे बुबा देवी प्रसाद र जन्तरे बुबा रामानन्द मा मेरो  पनि गहिरो श्रदान्जली।

बाँच्नु पर्ने बाध्यता ती बृद्धा छिरिङ ल्हामोको

म आज पनि एक महिनाको न्युनतम मात्रामा खटाइएको रासिनको पोको बोकी उकालिन्छु। चिसो हावाले मेरो मुटु छुन्छ। पाहाडी इलाकाको उकालो बाटो छिटै नै सास एकोहोरिन खोज्छ। बिस्तारै म त्यहि एक्लो झुप्रो अघि पुग्छु। सधै झैं आज पनि उनि हातमा माला लिएर बिस्तारै बरबराइ रहेकि हुन्छिन। म हाँस्दै उन्लाई बोलाउँछु अनि, ‘कस्तो हुनुहुन्छ’ भनेर प़श्न राख्छु। ‘राम्रै छु’ भन्ने त्यहि सधैको उत्तर पाउँछु।
त्यो सानो सुन्दर झोपडि भित्र पस्ने इसारा दिनछिन अनि भित्र पसे पछि छेउमै बस्ने आगृह गर्छिन। म थ्याच्च बस्छु, मलाइ मावल पुगेको अनुभव हुन्छ। म कोठाको चारै तर्फ आँखा दौडाउँछु। भित्तामा पुराना दुइवटा नाङ्ला झुन्डाइएका छन्, एउटा सानो धिरि ठडाइएको छ। त्यहि एक कुनामा सानो चुला छ, जहाँबाट अलिलि आगाका झिल्काहरु देखिन्छन। चुला वरिपरि एकदुइवटा हलुङगे भाँडा, एउटा थाल अनि छेउमा दुइवटा बाङचुङका फब्ल्याटा। अनि फेरि म उन्को अनुहारमा हेर्छु, हनुहार चाउरिएको छ, केश कपास जस्तो सेतो छ, आँखामा अबरल गतिमा पानि बगेको छ। मलाइ कताकता नियास्रो लागेर आउँछ। त्यो खुम्चिएको निधारमा सायद उनको भाग्यरेखा लेखिएको होला। मलाइ धेरै धेरे कुराहरु गर्न मन लागेर आउँछ तर अनायासै अनाक बन्छु। ‘भाषा’ हामि दुइको बिचमा ठुलो पर्खाल बनिदिन्छ। केहि बोल्ने कोशिष गर्छु उन्को जिवन कहानिको रहस्य खुलाउने प्रयास गर्छु।
उनि पनि अरु जस्तै बालिका थिइन्, बाबु-आमा थिए। युबा अबस्थामा अरु ठिटि जस्तै चन्चले साथै सुन्दर थिइन्। अनि म बल्ल बल्ल उन्को बिहेको कुरा सोध्छु। उनि मुस्काउँदै आफु एक दिन दुलहि बनेको कुरा भन्छिन। म अनुमान लगाउँछु। फेरि उनि सोह् बर्से तरुणिझैँ लजाउँदै उनको जीवनसाथि बारेमा मलाई सुनाउँछिन। बलबुद्धिमा गाउँभरि नैँ एकदमै नामि थियेरे। त्यो सुखमय दामपत्य जीवन उनि उन्कै शब्दमा पोखछिन र म सुनिरहन्छु अनि पुर्ण अर्थ लगाउने प्रयास गर्छु।
छिरिङ ल्हामोको त्यो पारिवारिक जीवनको फूलबारिमा सुगन्ध थप्दै एउटा छोरो र एउटा छोरि पनि आयेका थियेछन्। ति रमणीय दिन्को स्म्रितिमा केहि क्षण उनि स्तब्ध हुन्छिन्। उनको रहस्यपुर्ण जीवन-कथामा म मख्ख पर्छु अनि उन्को अनुहारमा बादल छाउँछ, र श्वर केहि काँप्छ। उन्को बिरहको कारण म बिस्तारै बुझ्न  थाल्छु।
उन्को लागि इश्वर निष्ठुरि बनिदिएछन्। उन्का दुबै फुलहरु नफक्रँदै कालले चुँडिदिएछन् अनि केहि बर्ष नबित्दै उन्का पतिदेबले पनि उनिलाई यो सङ्घर्षमय सम्सारमा एक्लै छाडेर बिदा लियेछन्। हेर्दा हेर्दै उन्का आँखा रसाउँछन् अनि उमेरले भन्दा जीवनको भोगाइले चाउरिएका गालाबाट आँशूका अबरल धारा झर्छन्। मलाई उनको जीवन कहानि सोधेर दुखित पारेकोमा खिन्न लाग्छ। मलाई माफ माग्न मन लाग्छ तर भाषाको अभावले म निसासिन्छु। मैँले सिकेका २।४ शब्दले पोख्ने भावना बनेन। उन्ले आफ्नो आशु आफैँ पुछिन र सधैँझैँ २ वटा भाँडा अगाडि सारिदिइन। मैले मेरो झोला खन्याइदिएँ र म फेरि एक महिना पछि आउँछु भनेर बिदा माग्छु। उनि आँशु पुछेर काँपेका ओठमा मन्द मुस्कान रचाउँछिन र मधुरो आवजमा केहि बरबराउँछिन। ईश्वर शब्द म प्र्षट बुझ्छु अरु अनुमान लाउँछु, ‘म ता मेरो अन्त्यम दिनको प्रतिक्षामा छु। तिमि युवा छौ अहिले। अघि बड्दै जाउ, समाजमा केहि गर। म तिम्रो भलाईको निम्ति इश्वरसँग प्रार्थना गर्नेछु’।
म ओरालिन्छु आफ्नो गन्तब्य कलेज तर्फ मनभरि कुरा केलाउँदै – जीवन कति फरक फरक र बिचित्र छ। तिता मिठा भोगाइको खिचडि, समयले दास बनायेको यो मानव जीवन। बाँचिदिन जन्मनु पर्ने अनि मरिदिन बाँच्नु पर्ने।।

(यो लेख मैँले १९८६ को कुनै महिनामा, सेरब्चे कलेजमा पढ्दा सत्य घटनामा आधार पारेर लेखेथें)

उत्साह

हृदयको सतहमा कता कता विषादको काँडो बिजेता पनि,
कल्पनाको गहिराइमा शनैः शनैः हराएता पनि,
कर्तब्य लक्षबाट पथभ्रष्ट भएता पनि,
तिम्रा उत्साहपुर्ण उपदेसहरुलाई मन मस्तिष्कमा सजाएर
लक्ष प्राप्तिको निम्ति घस्रिरहेकै छु।

बिछोड्का तिता स्मृतिहरुले घेरे पनि,
वाध्यताको भुँवरिले छोपे पनि,
सम्झनाका लहरले मुटुमा भुईचालो ल्याए पनि,
अँध्यारोमा हराएको यात्रि झैँ
मेटिइसकेका गोरेँटोमा गह्रौ पाइलाहरु चालेकै छु।।

मैँले दुइ कोरि नाग्दा


मेरो पनि उमेर थियो,
यौवनको चाहना थियो,
रोमान्चको अनुभव थियो,
आशा र अभिलासाको ताजमहल थियो।

म पनि फुलको बास्नामा मुग्ध हुन्थे,
उन्मुक्त जीवनको फुर्तिला पाइलामा नाचीदिन्थे,
समयको बगाइका छालहरुमा सपनाहरु देख्ने गर्थे।

आज समयको उकालि चडाइको यो स्तरमा,
उँदो फर्केर हेर्दा म अललिएँ,
कहाँ कुन खाल्डोमा म ता बरालिएँछु;
खै मेरा आशाका फूल फूलेका,
खै मेरा उपलब्धिका तक्माहरु झुन्डीएका।

दुइ कोरि बशन्त नाग्न लाग्दा,
ती अर्थहीन दिनहरुका पन्ना पल्टाउँदा,
शुन्यतामा सृष्टी गरेका महलहरुको भग्नावसेश केलाउँदा,
‘म’ मात्र भावहिन र पथभ्रष्ट भएर,
आशाको धिपधिप दियो लिएर घस्रिरहेको पाएँ।।
 (यो मेरो २००३ को कुनै बेलाको रचना)



परदेश ...

बेङ्लोरको बस अड्डामा चेनाई जाने बसको प्रतिक्षामा छु। साथमा मेरै क्यामपसका १ कर्मचारि भाइ पनि छन्। तातो हावा, चरक्क चर्केको घाम छ बाहिर। वर-पर गाडिको आवाज, अरू बिभिन्न ध्वनिले दिक्क लाग्ने। फोहोर कम भनिएको यो शहरमा पनि यत्रतत्र छरिएका कागज र प्लासटिक अनि बेलाबेला झिँगा नाक र आँखामा ठोकिएर दिक्क लाउने। एउटा लाम्खूटे पनि घुमेर गयो। हिजो दिल्लिमा नै खुवायेर हात गोडा मा राता खटिरा देखा परि सकेका छन। डेन्गु ता बोकिएन कि!
छेउको चर्फिको गन्ध तिब्र भैराखेको छ। यो पक्कै भारत नै हो।
याहाँका मान्छे काला भये पनि इमानदार हुन्छन भन्ने बिश्वास छ हाम्रा ठाउँ तिर। भूटानमा अहिले पनि यो ठाउँका शिक्षित बर्ग शिक्षण पेशामा धेरै छन्। ७० र ८० को दशकमा नै पनि धेरै मेरा शिक्षक दक्षिण भारतकै थिये। त्यहि बिश्वासमा अहिले म आफ्नो कलेजको लागि चाहिएका एक दर्जन अध्यापकको खोजिमा निक्लेको। 
बस हिँड्ने अझै आधा घण्टा समय छ। यहि बेला ३ जना चिम्रे ठिटा अर्को एउटा बसबाट निस्केर म छेऊको पसलमा के के किन्न थाले। यि याहाँका मान्छे भन्दा भिन्न छन्- हेर्नमा मात्र होइन तर लवाइ- खाइले पनि। सानो पोको लियेर एउटा चूरोट सल्कायेर बसमा पसे। सायद छेउछाउको कुनै शहरमा पड्ने बिद्यार्थि होलान।
हाम्रो ठाउँमा राम्रा र प्रसस्त बिश्वबिध्यालय नभयेकाले यि यूवा येति टाडा आएर अनेक कठिनाई सहेर, कोहि समयमा ता तिरस्कृत भयेर पनि बिद्धया हाशिल गर्ने गर्छन। यिनिहरु मध्ये कतिपय क्यामपस नजाने, धेरै पल्ट फेल हुने र कतिले ता सर्टिफिकेट किनेर पनि घर फर्कने गर्छन भन्ने सुनेको छु। हाम्रोक्षेत्रमा पनि स्तरिय शिक्षण केन्द्र बनिनु पर्यो अनि यी यूवालाई उच्च शिक्षाको अवसर मिले यो हाम्रो क्षेत्रको पनि बिकाश सम्भव छ।

मेरो बस आइ पुग्दा मलाइ लाग्यो - एउटा स्तरिय बिश्वबिद्यालय भुटानको मैदानि भागमा स्थापना होस जाहाँ हजारऔँको संख्यामा भूटान, पूर्बोत्तर भारत, सिक्किम र नेपालका बिद्यार्थिले अन्तराष्ट्रीय स्तरमा शिक्षा हाशिल गर्ने मौका पाउन्।