हृदयको सतहमा कता कता विषादको काँडो बिजेता पनि,
कल्पनाको गहिराइमा शनैः शनैः हराएता पनि,
कर्तब्य लक्षबाट पथभ्रष्ट भएता पनि,
तिम्रा उत्साहपुर्ण उपदेसहरुलाई मन मस्तिष्कमा सजाएर
लक्ष प्राप्तिको निम्ति घस्रिरहेकै छु।
बिछोड्का तिता स्मृतिहरुले घेरे पनि,
वाध्यताको भुँवरिले छोपे पनि,
सम्झनाका लहरले मुटुमा भुईचालो ल्याए पनि,
अँध्यारोमा हराएको यात्रि झैँ
मेटिइसकेका गोरेँटोमा गह्रौ पाइलाहरु चालेकै छु।।
No comments:
Post a Comment