Tuesday, September 15, 2020

हाम्रि आमा र म

 हाम्रो परम्परा साथै ब्यवहारमा पनि शारिरिक अभिब्यक्ति जस्तै आलिङ्गन वा निदारमा चुम्बन गरेर आफन्त, अथबा बा आमालाई माया  दर्शाउने चलन छैन। नयाँ पुस्तामा ति कुराहरु सरल भैसकेता पनि हामि चै, ‘म हजुरलाई माया गर्छु (I love you)’ भन्न पनि अप्ठयारो मान्छौँ वा आबश्यक ठान्दैनौँ। बरू बेला बेला घर पुगि केहि दिन बिताएर फर्किने क्षणमा बाआमालाइ पुलुक्क हेर्दा आमाको आँखामा लुक्न असफल ढलपल आँशु सम्झना भरि बोकेर परदेश पुगे पश्चात, फेरि फर्कने दिन गन्ति गर्न थाल्छौ, सायद त्यहि नै हो हाम्रो माया प्रकट गर्ने तरिका ।

सबै भन्दा पहिले म आमालाइ त्यो अबस्थामा सम्झन्छु, जब मेरि माइलि बहिनि (करिब साढे  चार बर्स मुनिकि) जन्मदाको प्रसुतिको पिडामा। दिउँसोको बेला थिएछ, बुबा घरमा अनुहुन्नथ्यो क्यार, गाउँका केहि छिमेकि आमैले दिदि, म र सायद भाइलाइ यसो पल्ला पटिको टारि खेत तिर ‘घुम्न’ जान लाएका थिए। आमा बिरामि भएको थाहा हुदा हुदै पनि छोरा-छोरि चै ओझेल लाग्नु पर्ने बिवशता नबुझेकोले खिन्न चित्त लिएर एक छिन बरालिएर फर्कदा हाम्रि पहीलि बहिनि देखाउँदै दिदिलाई ‘तिमि आज बाट जेठि भयौ’ भनेको र त्यस दिनको परिबेसको झल्को आज पनि छ ।

म आफैँ दश बर्सको उमेर देखि नै परदेशि । स्कुलको बिदामा घरमा पुग्ने उत्सुकता, घरमा दिदि-दाजु र भाइ-बहिनि सँग रमाउने, र आमाले पकाएको खान पाउँदा, स्कुल नफर्कउन्जेल ठुलो राहत महसुस हुन्थ्यो। हामि प्राय दुई-दुई बर्ष फरकका दश छोरा-छोरि जन्माएर, खुवाएर, तह लगाएर आमाले आफनो कर्तब्य पुरा गर्नु भयो वा हामिलाइ करुणा र ममताको ऋणि बनाउनु भयो थाहा छैन। तर हामि बिशेस ठुला छोरा छोरिले भने देखेको कुरा हो - आमाले आफ्नो खुशिलाई दबाएर, कुनै समय गाँस बचाएर, आतुरिको समयमा बैद्यको रूप धारण गरेर, भयङकर महामारिको मुख बाट बचाउँदै, दसै जनालाइ स्वस्थ्य र सक्षम बनाउने साहस गर्नु भयो। आजको समयमा ग्रिहस्थि गर्ने कुनै पनि महिलाले यस्तो दुस्साहसपुर्ण जीवनको कल्पना सम्म पनि गर्ने साहस नगर्लान।

भुटानको त्यस्तो अनटङ्कार गाऊमा रहँदा, हाम्रि किशोरि आमालाइ पक्कै पनि आफ्नि आमा, माइति र अरू आफन्तको अभावको पिडा थियो। त्यसैले पनि केहि बर्सको अन्तरालमा, घरका लाला-बाला बुबा र छरछिमेकको रेखदेखमा छोडेर, हप्ता दिन हिँडेर, घर फर्कन एक महिना लाग्ने ‘पाहाढ’ ताप्लेजुङको यात्रा गर्नु हुन्थ्यो। कुनै समय पनि काखमा एउटा नाबालक हुने हुदा, नानि बोकेर, कसैको साथ खोजेर बिभिन्न अप्ठ्यारा परिस्थितिहरुको भोगाई का साथ पाहाड को यात्रा गेरका घटनाहरु आमा सँग धेरै छन्।

हामि दश जना मध्ये सबै भन्दा थोरै समय घर परिवार सँग बिताउने म नै हुँला । त्यसैले आमा सँगका धेरै बसिबिञाँलाका सम्झना हरू भएता पनि बालाक कालकै चै बर्णन योग्य लाग्छन बिशेस यो लेखाइ सङ्गत को कुरामा।  धेरै तिता मिठा स्मरण मध्ये फेरि आमाको अनुपस्थितिले ल्याउने  बच्चाको मानसिक ऊतपिडनको प्रसंग याहाँ जोड्न चाहन्छु ।

सानो भाइ हो या बहिनि बोकेर आमा कोहि छिमेकि को साथमा पाहाड जानलाइ हाम्रो सुन्तलाबारिको पाखैपाखा उँधो लाग्नु भयो। दिदि, दाजु र म पछ्याएर खेतको डिल सम्म पुग्यौ। केहि नलागे पछि रूदै आमा गए तिरै साना ढुङ्गा र बालुवा बर्साउन थाल्यौ। ती असारे, बिलौनि र तिते पाति घारिमा सर्लङ गरेर खस्दा, आमाले कराएर ‘ घरमा जाओ, ए भौमा (दिदीको त्यो बेलाको नाम), भाईहरूलाई, घर लिएर जा’ भने पछि लुरुलुरु घर तिर लागेका थियौ।

हाम्रि आमा पनि अरु नारिहरु जस्तै, घर ब्यबहारमा अधिक जीवन धारण गरेर, केहि समय निकालेर भएपनि दुरदेशमा भएका माइति र आफन्त भेट्ने, इच्छा र कर्तब्यको बिचको बिडम्बनालाइ झेल्न सक्षम हुनुहुन्थ्यो त्यस कठिन बेलामा पनि।  आज यातायातको धेरै सुबिधा छ, एक हप्ता हिडेर पुग्ने ठाउँ एक घण्टा मै पुरा गर्न सकिन्छ तर पनि हामिले ब्यवहार र भेटघाट को सन्तुलन राख्न  सकि राखेका छैनौँ। आमा बुबाको मेहनत, उत्साह र आशिर्बाद्ले ति अपठ्यारा दिन, र ठाऊबाट हामिले मुक्ति पाएता पनि, मलाइ एउटै पछुतो भने घरमा आमा बुबाको साथमा अधिक समय आज पनि बिताउन असक्षम भइरहेको छु, र त्यो दिनको प्रतिक्षामा छु ।।

Thursday, September 3, 2020

कोभिड र प्रकृति

 

फेरि त्यो कहिले फर्केर आउला र पाहाडको सुन्दर छबि हेर्न पाईएला,

फोक्सो भरि शुद्ध अक्सिजन भर्न पाईएला,

धुलो र प्रदुसणरहित वातावरणमा रम्न पाईएला,

ती बालक कालका कथामा सुनेका जानाँवर र चराचुरुङ्गि,

शहर भित्रै खुलेआम डुल्लान

र आफ्नै बारदलिमा बसेर अबलोकन गरौँला,

भनेर दिवा स्वप्नामा नबसौँ।

 

बरु हामिलाई यो सङ्क्रामीत भाईरसले यस्तो ज्ञान  देओस,

कि हाम्रा आँखा खुलुन् ।

दौडधुप र बिकाशको नाममा कति पाछाडि धकेलिएछौँ,

प्रकृतिको कत्रो अपमान र सङ्हार गरेछौँ,

झण्डै आफ्नै चोला नै उठ्ने गरि धेरै निर्दोश प्राणिलाइ निर्मुल पारेछौँ, भन्ने चेतना जागोस ।

 

अनि यो पनि सुझोस कि हामिलाइ फेरि एउटा अमुल्य मौका मिलेको छ,

धन सम्पति, लोभ, चैन र क्षरभणको आनन्दको पछाडि नदौडेर,

नयाँ जीवन जिउने शैलि अपनाऊन मानसिक उर्जा जुरेको छ।

सम्पुर्ण प्रक्रिती र प्राणीको बचाउको लागि समर्पित भएर,

जगत जीव र आफ्नै सन्ततिको अनन्त सम्मको सम्रक्क्षण उदेश्यमा

लाग्नमा हामि सबैको भलाईँ छ।।

 

यो आजको सङ्क्रमण ता निर्मुल होला

तर कोरोना जस्ता अरू कति यसका रूपधारिले हामिलाई फेरि धारासाहि पार्न सक्छ,

त्यसैले ए मनुश्य! हामिलाइ राष्ट्रको कृतिम सिमिनाले नछेकोस,

रङ र जातीय बिबिधताले नबाँधोस,

बरू एकताको सुत्रले सबै मानिस, बनस्पति, र अरू प्राणिलाई सहजिवन निर्बाह गर्न

यो कोभिड ले दिगो बिकाश र प्रक्रितिको सेवामा सधै प्रोत्साहन देओस् ।।