Friday, October 27, 2017

हौसला


यो मनलाई दौडाउन,

यि खुट्टालाई घिसार्न,

त्यो चम्किलो तारालाई छुन,

मलाई तिम्रो हौसला चिहिन्छ ।


सुतेको मन जगाउन,

बसेका गोडा उठाउन,

चिम्लेका आँखा उघार्न,

मलाई तिम्रो हौसला चाहिन्छ ।


जानू ता काहाँ सम्म हो थाहा छैन,

लड्नू ता कहिले सम्म हो खबर छैन,

मर्नू बाँच्नू को ठेगान छैन भनेर जान्दा जान्दै,

यो भागदौड जारी राख्नू छ त्यो क्षितिज सम्म ।।

No comments:

Post a Comment