फेरि त्यो कहिले फर्केर आउला र पाहाडको सुन्दर छबि हेर्न पाईएला,
फोक्सो भरि शुद्ध अक्सिजन भर्न पाईएला,
धुलो र प्रदुसणरहित वातावरणमा रम्न पाईएला,
ती बालक कालका कथामा सुनेका जानाँवर र चराचुरुङ्गि,
शहर भित्रै खुलेआम डुल्लान
र आफ्नै बारदलिमा बसेर अबलोकन गरौँला,
भनेर दिवा स्वप्नामा नबसौँ।
बरु हामिलाई यो सङ्क्रामीत भाईरसले यस्तो ज्ञान देओस,
कि हाम्रा आँखा खुलुन् ।
दौडधुप र बिकाशको नाममा कति पाछाडि धकेलिएछौँ,
प्रकृतिको कत्रो अपमान र सङ्हार गरेछौँ,
झण्डै आफ्नै चोला नै उठ्ने गरि धेरै निर्दोश प्राणिलाइ
निर्मुल पारेछौँ, भन्ने चेतना जागोस ।
अनि यो पनि सुझोस कि हामिलाइ फेरि एउटा अमुल्य मौका मिलेको
छ,
धन सम्पति, लोभ, चैन र क्षरभणको आनन्दको पछाडि नदौडेर,
नयाँ जीवन जिउने शैलि अपनाऊन मानसिक उर्जा जुरेको छ।
सम्पुर्ण प्रक्रिती र प्राणीको बचाउको लागि समर्पित भएर,
जगत जीव र आफ्नै सन्ततिको अनन्त सम्मको सम्रक्क्षण उदेश्यमा
लाग्नमा हामि सबैको भलाईँ छ।।
यो आजको सङ्क्रमण ता निर्मुल होला
तर कोरोना जस्ता अरू कति यसका रूपधारिले हामिलाई फेरि धारासाहि
पार्न सक्छ,
त्यसैले ए मनुश्य! हामिलाइ राष्ट्रको कृतिम सिमिनाले
नछेकोस,
रङ र जातीय बिबिधताले नबाँधोस,
बरू एकताको सुत्रले सबै मानिस, बनस्पति, र अरू प्राणिलाई
सहजिवन निर्बाह गर्न
यो कोभिड ले दिगो बिकाश र प्रक्रितिको सेवामा सधै
प्रोत्साहन देओस् ।।
No comments:
Post a Comment