Thursday, October 12, 2017

समय


तेरो खुट्टा तानौँकि बरू खुट्टै भाँचौँ,
तँलाई के को धावा परेर यसरि दौडेको ।
कुन मान्छेलाई टिप्नू छ र यसरी ठाडो टुप्पि लाएर कुदिस्,
यमराज को प्रतिनिधि होस् या तँ नैँ पो यमाराज होस् ।

कोहि बेला हँसाउने, कोहि बेला रूवाउने,
नहल्लिए जस्तो गरेर कोहि बेला पट्टाइ लाउने ।
कहिले नचाएर कहिले थचारेर तैँले यो के तमासा गरेको,
शिब भगवान होस् आफैँ कि उन्को अवतार पो होस?

सारै नकचरो तँ -
नाटकको छाँयाङ्कन गर्दै,
इतिहास रच्दै र मेट्दै,
नयाँ स्र्सिटि गर्दै,
फेरि भग्नावशेस छोड्दै,
आशा दिएर निराशा गराउने,
धोकेबाज ।
यो सुन्दर प्रिथिबिलाई, यो बिशाल प्रक्रिति र यी खरबौँ जीवलाई

यो समयले काहाँ पुरयाएर अभर पार्ने हो को नि ।।

No comments:

Post a Comment