मेरा एक बीचित्रका छिमेकी
परिवार छन्। मलाई लाग्छ उनिहरूलाई एऊटा बंशानूगत बिरामी छ।
आज आइतबार, एक हप्तामा बल्ल
आउने बिदाको बिहानी। आफुलाई अलिक धेरै बेर सुत्ने इच्छा हूँदा हूँदै अचानक
ब्यूँझेँ। उहि त्यो परिचित vaccum
cleaner को आवाज कानमा प-यो, एक पल्टता कन्सिरि तातेर आयो।
यसो पर्दा पन्साएर हेरेँ, मेरा प्रोफेसर मित्र उन्को बिहानको दैनिक कर्ममा जूटि सकेछन। Vaccum Cleaner घुमाई घुमाई बरन्डा सफा गरिरहेका रहेछन्। एकैछिनमा श्रीमति प्रोफेसर भयेभरका
ओड्ने ओछ्याउने निकालेर डण्ठाले हान्न थालिन। म पनि आफ्नो बरान्डामा निक्लेर हेर्न
थालेँ। त्येतिकैमा प्रोफेसर परिवारको छोरो हातमा तौलिया लियेर वरपर दौडिरहेको
देखेँ। अब मेरो आँखा त्येता गयो। यी तालिम प्राप्त पुत्र पनि बैठक कोठामा पसेको
एउटा झिँगालाई बाहिर निकाल्ने अभियानमा लागेका रहेछन।
येसरि यो सानो परिवार साफसफाइ
प्रति समन्मयका साथ दिनैपिछे लागि पर्छ। दैनिक घरका भित्ता, भुँई, सिलिङ, पलङ र
गलैँचा मुनि, चेपचाप र कुनाकाप्चा कतै नछोडि vaccum cleaner, कुचो, झाडू, थाँङना
इत्यादिले चुसेर, बडारेर, पुछेर घरलाई टल्काई राख्छन। अत्यन्तै आबश्यक काम नपरे
सम्म फोहोर गरिन्छकि भन्ने डरले, छर्छिमेकि पनि घर बाहिरै बाट हाइ-हेल्लो गरेर जान
रुचाउँछन। दैनिक दुइ पल्ट नुहाउनू पर्ने आबश्यक्ता बताउने श्रीमति प्रोफेसर सँग
प्राय हामि लामो कुराकानि पनि हाम्रै घरको डिलबाट गर्ने गर्छौँ। सर्सफाइको हद येति
छ कि बजारबाट लयाएको ग्यास सिलेन्डर साबुन पानिले धोयेर मात्र भान्सा कोठामा
छिराउने गर्छन। धेरै पल्ट मसाला र नुनका बट्टा, खालि बोतल र सब्जि बोक्ने बास्केट
आदि मच्चि मच्ची बाहिरको धारामा धोयेको पनि देख्याछ। Washing machine प्राय थामिँदैन। झ्यालका सिसा सँधै टल्किएका हुन्छन्। सफाइको कुरामा सम्पुर्ण
परिवार एकमत छ, सहमत र सहयोग छ। सानो भन्दा सानो मैलाको कण प्रति इनिहरूलाई घ्रणा
छ अनि यो घरमा एउटा झिँगो या मच्छडको लागि ठाऊँ छैन। म बिश्वस्त भयेँ यो उत्साह
होइन, अबश्य नै रोग हो।
येस्तैमा हिजो बेलुका एक
आफन्त हाम्रो घरमा एउटा गत्तिलो कार्टुन बक्स लियेर छिरे। अनायासै श्रीमतिको
अनुहार प्रफुल्लित भयो। Cartoon box खोल्नको हताश थियो ऊनलाइ। म ट्वाल्ल परेर हेर्न थालेँ। नयाँ
चक्चकाउँदो vaccum cleaner निस्कियो। मैले प्र्श्न गर्न अगावै भन्न थालिन, “मैले
अस्तिनै भाईलाई ब्याङकोकबाट ल्याउन भनेको थियेँ, उता धेरै सस्तो पाईदो रहेछ नि।
अबता हामि पनि ता किन्न सक्छौँनि, कतिन्जेल कूचो मात्रै हल्लाउनू। यो भएता घरका
सबैले सफाई गर्न भइहाल्छ”।

Hahaha. Kaka this is funny, the ending :D
ReplyDeleteAlthough i really admire people who like things clean and tidy, this seems a bit too fanatical.